Logo

Breaking News 1

यस्तो छ आजको मौसम



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ ।

दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने सम्भावना छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : २७ बजे