Logo

मुख्य समाचार

चिनियाँ तीन पाङ्ग्रे सवारी साधनको माग विश्वभर



एजेन्सी । चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ । ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ ।

मध्य चीनको हेनान प्रान्तको लुओयाङ सहरमा १५ वटा तीन पाङ्ग्रे र दुई सयभन्दा बढी तीन पाङ्ग्रे सवारीका पार्टपुर्जा उत्पादकहरू छन् । उत्पादक कम्पनीहरु बढ्नु भनेको निर्यातमा बृद्धि भएको अनुमान पनि गरिएको छ ।

उत्पादक कम्पनीहरुका अनुसार तीन पाङ्ग्रेले दक्षिणपूर्व एसियामा स्थानीय पर्यटनको विकासमा सहयोग पुर्याउन दर्शनीय स्थलहरूका लागि प्रयोग गरिन्छ,  अफ्रिकामा कार्गो ढुवानीका लागि प्रयोग गरिन्छ भने युरोपेली र अमेरिकी देशहरूमा खेत र तुलनात्मक रूपमा साँघुरो सडकहरूमा प्रयोग गरिने गरेको छ ।

तीन पाङ्ग्रे सवारी साधनबारे भन्सारको तथ्याङ्क अनुसार गत वर्षको पहिलो ११ महिनामा मेकानिकल तथा विद्युतीय वस्तुको निर्यात १.८ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ८ प्रतिशतले बढेको हो ।  तीन पाङ्ग्रे सवारी चीनको कुल निर्यातको झण्डै ६० प्रतिशत हिस्सा ओगटेको छ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ३ : ४३ बजे