Logo

समाचार

आज देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा ( योमरी पुन्हि ) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् । 

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँने गर्छन्।

पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।  

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ४९ बजे