Logo

राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


२८ मंसिर २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो ।

हिजो गृह जिल्ला चितवन र धादिङका विभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त भएपछि बैठक स्थगित गरिएको थियो ।

बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल पनि हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : ०३ बजे