Logo

समाचार

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन


२१ मंसिर २०८१, शुक्रबार  

69
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ६५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ७० रुपैयाँ कायम भएको  छ ।

यसैगरी कन्य च्याउ २००,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ३० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ३७ बजे