Logo

मौसम

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने


२१ मंसिर २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले  हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा नै रहने छ भने राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : १३ बजे