काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समयको माग एकताको रहेको बताएका छन् ।
सोमबार ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ती एकता हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘एकताको सत्यता नै आत्मियता हो । अहिलेको समयको माग एकता हो । एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक सत्य आउन जरुरी छ । जनतालाई दिनैपर्छ हामीले । त्यो दिनको नीमित्त मन, बचन, कर्मले तयार हुनुपर्छ । कुनै किसिमको स्वार्थ, सर्त र चाहना म बाट छैन । मात्र हामीले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ती एकता गर्नैपर्ने अवस्था छ ।’
साथै उनले दुर्गा प्रसाईं लगायतका सबै शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको माध्यमबाट सबल र समृद्घ नेपाल निर्माण गर्न चाहने सबैलाई एकताबद्घ हुन आग्रह गरे ।
प्रतिक्रिया