काठमाडौ । सिमेन्ट उद्योगीहरूले सिमेन्टको भाउ बढाएका छन् । उनीहरुले सरदर प्रतिबोरा २० प्रतिशतले मूल्य बढाएका हुन् ।
यसअघि प्रतिबोरा करिव पाँच सयमा बिक्री हुँदै आएको सिमेन्ट अब प्रतिबोरा छ सयभन्दा बढी पर्न थालेको छ । यता सिमेन्ट उद्योगीहरुले सिमेन्टको भाउ बढाएकोमा निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् ।
सरकारले निर्माण कार्यको भुक्तानी नदिएको बेला सिमेन्टको भाउ बढ्दा आफूहरु थप समस्यामा पर्ने एक निर्माण व्यवसायीले बताए । चिनियाँ लगानीका सिमेन्ट उद्योगहरुसँगको बढ्दो प्रतिस्पर्धाका कारण भाउ घटाएका उद्योगीहरुले निर्माण कार्यको सिजल सुरु भएसँगै भाउ बढाएका हुन् ।
भाउ नबढाए सिमेन्ट उद्योगहरु धरासायी हुने निष्कर्ष निकाल्दै नेपाल सिमेन्ट उत्पादक संघले नै पहल गरेर भाउ बढाइएको हो । उनीहरुले संघले यसअघि नै सिमेन्टको भाउ बढाउने प्रयास गरे पनि अनुकुल समयको पखाईमा बसेको थियो । चिनियाँ लगानीका उद्योगहरू होङ्सी र हुवासिन सिमेन्टले सस्तो मूल्यमा सिमेन्ट दिएपछि नेपाली लगानीका उद्योगहरुलाई पनि भाउ घटाउनुपर्ने बाध्यता बनेको थियो । अहिले होङ्सी र हुवासिन पनि भाउ बढाउन तयार भएपछि संघका सदस्यहरु भद्र सहमति गरेर भाउ बढाएका हुन् ।
भाउ बढाएपछि संकटमा परेका नेपाली लगानीका सिमेन्ट उद्योगलाई राहत मिले पनि उपभोक्ता भने मर्कामा पर्ने भएका छन् । देश आर्थिक मन्दीको अवस्थामा रहेकाले धेरै जनताको व्यापार व्यवसाय र क्रयशक्तिमा शिथिलता आएको अवस्था छ ।
प्रतिक्रिया