काठमाडौं । मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेको छ । पहिलो दिनको कारोबारमा ९.९९ अंकले नेप्से परिसूचक घटेर २७३८.०६ बिन्दुमा बजार बन्द भएको हो ।
आज विकास बैंक, होटल तथा पर्यटन र वृत्त उपसमूहबाहेक अन्य १० उपसमूहको शेयर ओरालो लागेको छ भने कारोबारमा आएका २४४ कम्पनीमध्ये १७८ कम्पनीको शेयर घटेकोमा ६३ कम्पनीको शेयर बढेको छ र ३ को स्थिर रहेको छ ।
प्रतिक्रिया