Logo

समाचार

नेपाल भारत सम्बन्धका बारेमा छलफल कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल र भारतको सम्बन्धमा छलफल गर्ने एक कार्यक्रम शनिबार सम्पन्न भएको छ।  ओम डेन्टल अस्पताल, चाबहिलमा सम्पन्न भएको उक्त कार्यक्रममा  एपिजे अब्दुल कलाम प्रतिष्ठान भारतका बोर्ड सेक्रेटरी अब्दुल खालिकलाई  स्वागतमा  गरिएको थियो।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा विश्लेषक अरुण सुवेदी र प्राडा रत्नमणि नेपालले नेपाल–भारत सम्बन्धका विषयमा आफ्ना विचार राखे। एपीजे अब्दुल कलामको योगदानको बारेमा प्रकाश पार्दै, अब्दुल खालिकले भारत र नेपालका सरकार तथा जनस्तरको सम्बन्धको महत्वलाई विश्लेषण गरे।

कार्यक्रमको सभापतित्व पूर्वमन्त्री भीमसेनदास प्रधानले गरेका थिए। आयोजक संस्थाहरु जिपी कोइराला कलेज, विराज समाज, जेपी प्रतिष्ठान, मित्रसेन प्रतिष्ठान, रुलर डेभलपमेन्ट सोसाइटी नेपाल र ओम डेन्टल अस्पतालका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याएका थिए।

जिपी कोइराला कलेजका प्रमुख शिव अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने ओम डेन्टल अस्पतालका प्रमुख डा.सुवास घिमिरेले धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा एपीजे अब्दुल कलाम प्रतिष्ठानका बोर्ड सेक्रेटरी अब्दुल खालिकलाई सम्मानित समेत गरिएको थियो।

कार्यक्रमको आयोजक संस्थाहरुले एपीजे अब्दुल कलाम प्रतिष्ठानका बोर्ड सेक्रेटरी अब्दुल खालिकलाई सम्मान गर्दै, नेपाल र भारत बीचको सम्बन्धलाई सुदृढ बनाउने दिशा र योजनाबारे विचार गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : १७ बजे