मेष राशि
लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुस्ख पाइनेछ।
बृष राशि
माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ ।
मिथुन राशि
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
कर्कट राशि
परिस्थितिवश आँटेको काम रोकिन सक्छ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि दगुर्दा व्यर्थैमा दुस्ख पाइनेछ।
सिंह राशि
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले अभिभावकसँग सल्लाह लिनुहोला।
कन्या राशि
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ ।
तुला राशि
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला।
बृश्चिक राशि
समय फुर्सदिलो रहनेछ। रचनात्मक काम गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।
धनु राशि
काम बनाउन खर्च र दौडधुप गर्नुपर्ने हुन सक्छ। कतिपय सामान जोहो गर्न र अनावश्यक किनमेलमा पनि अधिक खर्च हुनेछ।
मकर राशि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
कुम्भ राशि
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व
मीन राशि
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ।
प्रतिक्रिया