Logo

Breaking News 1

वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ६ : ३१ बजे