काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १३.०३ अंकले घटेर २६६७.४० मा पुगेको छ ।
आइताबार ३२२ कम्पनिको १ करोड ५२ लाख ७० हजार ११७ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ संकलन भएको छ । थ्रिइ स्टार हाईड्रोपावर लिमिटेडले आज टप गेन गरेको छ । आज थ्री स्टार हाइड्रोपावरको ९।९१ प्रतिशत, न्यादी हाइड्रोपावरको ९।५८ प्रतिशत, नबिल डिबेन्चरको
९।०१ प्रतिशत, जानकी फाइनान्सको ८।०७ प्रतिशत सहित ९० कम्पनीको सेयर बढेको छ ।
त्यस्तै, आज सेन्चुरी डिबेन्चरको ७।७५ प्रतिशत, माहुली लघुवित्तको ६।३० प्रतिशत, नारायणी डेभलपमेन्ट
बैंकको ५।८० प्रतिशत सहित २११ कम्पनीको सेयरमा गिरावट आएको छ ।
प्रतिक्रिया