काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट र क्रेडिट कार्डमार्फत ईएमआई सुविधा उपलब्ध गराइने भएको छ। यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार एक्सरे सेवाबाहेक, बैंकका ग्राहकहरूले समाज डेन्टल अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस कार्डमार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। साथै, अन्य सम्पूर्ण सेवामा १० प्रतिशत छुटको सुविधा पनि प्रदान गरिनेछ ।
यसका साथै, बैंकका क्रेडिट कार्ड धारकहरूले समाज डेन्टल अस्पतालमा उपचारको खर्च रु. १५,००० देखि रु. ५००,००० सम्मको बिललाई ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।
ग्राहकहरूले यी सुविधाहरूको लाभ लिनका लागि ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट क्रेडिट कार्डको आवेदन दिन सक्नेछन्।
ग्लोबल आइएमई बैंकले हालसम्म ७७ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ र विभिन्न योजनाहरू मार्फत आफ्ना ग्राहकलाई विशेष सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ। यस बैंकले नेपालका विभिन्न स्थानहरूमा र अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ जस्ता पुरस्कार प्राप्त गरेको छ। यसका साथै, बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
प्रतिक्रिया