Logo

Breaking News 1

मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह



काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् ।

शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सुमधुर हुने बताएका हुन् ।

उनले भने, ‘मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध समधुर हुन्छ । हामी यसरी नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सधैं अगाडि बढाउन चाहन्छौं ।’

साथै उनले क्षेत्रपाटी अस्पतालले १३ वर्षसम्म यो क्षेत्रका टोलबासीहरुलाई गौरवको महशुस गराएका समेत बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १० : ५१ बजे