Logo

कर्पोरेट

३१.३१ अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब २५ करोड 



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ मा पुगेको हो । 

बिहिबार ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८ सय ८६ रुपैयाँ संकलन भएको छ ।

बिहिबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड २४ लाख १० हजार ९ सय ६० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४ सय ७८ रुपौयँ रहेको छ । 

बिहिबार ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मुल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ३ : २६ बजे