काठमाडौं । सहकारी पीडितहरुले भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिलाई आन्दोलनमा सघाएको छ । बिहीबार माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेका सहकारी पीडितहरुले संघर्ष समितिको आन्दोलनलाई सघाएको हो ।
आन्दोलनलाई सघाउँदै सहकारी बचत पीडित महासंघका प्रवक्ता पुरुषोत्तम कार्कीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा अरु दिन हामीलाई सघाएका संघसंस्थाहरुलाई आज आफूहरुले खोला मापदण्ड पीडित संघर्ष समितिलाई सघाएको बताए ।
उनले आन्दोलन एक्लै गरेर नहुँने र सबैसँग समन्वय गरेर पीडितहरु एक ठाउँमा आए मात्र मुद्दा जित्न सकिने बताएका हुन् ।
उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन हो । अरुबेला हामीलाई सघाएका संघसंस्थाहरुमा आज हामी खोला मापदण्ड पीडित संघर्ष समितिलाई सघाइरहेका छौं । यो कार्यक्रमलाई सपोट गर्दै हामी र्यालीमा सहभागि भएका हौं । आन्दोलन एक्लै गरेर नहुने रहेछ ,सबै मिलेर समन्वय गर्ने र पीडितहरु एक ठाउँमा नउभिएर मुद्दा जित्न नसकिने अवस्था छ । हामी कसैको विरुद्घमा नभएर एउटा सरकारको विरोध गरेका हौं ।’
साथै उनले यो कार्यक्रममा ऐक्यबद्धता जनाएको बताए । उनले कसैको घरबार उठिबास हुँदैगर्दा सघाउन पाउनु सकारात्मक पक्ष भएको बताए ।
प्रतिक्रिया