Logo

मुख्य समाचार

पोखरा र काठमाडौंमा संसद् शिविर हुने



काठमाडौं  । हिमालयन मेडिटेशन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले (गुडविल एम्बास्डर अफ नेपाल–२०२०) ले नेपालको आध्यात्मिक, योगा तथा वेलनेश पर्यटन प्रर्वद्धनका लागि नेपालमा ध्यान शिविर आयोजन गर्न लागेको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ र  १५ गते पोखरामा संसद् शिविर र  रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताएका हुन्  ।

साथै भोलि शुक्रबार बिहान ६ः३० मा काठमाडौंको सितापाइलास्थित हलचोकमा सशस्त्र प्रहरी बलको केन्द्रिय कार्यालयको सभाहलमा संसद् शिविर समेत रहेको बताए ।

यसैगरी उक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले विश्वमा शान्ति ल्याउन चाहेको  बताएका छन् । उनले  हाम्रो  वातवरणलाई स्वच्छ राख्नको लागि जुनसुकै ठाउँमा भएपनि  स्थिरता हुन आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘खासगरी विश्वमा शान्ति  ल्याउन चाहन्छौं  । मानवता ल्याउन चाहन्छौं । वातावरणलाई स्वच्छ राख्न चाहन्छौं, भाषा, जाति, भूगोल, शिक्षा दिक्षा  र ज्ञानका हिसावले  जुनसुकै  ठाउँमा भएपनि हामी स्थिरता चाहन्छौं ।  शान्ति चाहन्छौं, र समृद्घि  चाहन्छौं । ’

साथै  उनले हरेक कुरामा अनुशासन हुनुपर्ने बताए । उनले हामी सबै ज्ञानी भएर काम गर्न सके हरेक कुरामा आत्मसन्तृष्टि मिल्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  १ : २९ बजे