Logo

Breaking News 1

पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै



काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो ।

कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ । कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : ०९ बजे