Logo

खेलकुद

इटाली नेसन्स लिगको क्वाटरफाइनलमा


३० कार्तिक २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । इटाली युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शुक्रबार विहान सकिएको लिग वान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जीत दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलको ११ औं मिनेटमा इटालीले निर्णायक गोल गरेको थियो । उसका लागि सान्ड्रो टोनालीले गोल गर्दै क्वाटरफाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । टोनालीको पहिलो अन्तर्राष्ट्रिय गोल पनि रहेको छ । खेलको सुरुमै जियोभानी डि लोरेन्जो र निकोलो बारेलाको तालमेलमा बेल्जियमको डिफेन्स कमजोर बन्दा टोनालीले राष्ट्रिय टिमका लागि पहिलो गोल गर्न सफल भएका थिए ।

युईएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ । बेल्जियमले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले विफल बनाएका थिए । यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन् । उक्त खेलको नतिजाले क्वाटरफाइनल पुग्ने दुवै टिमलाई बाधा पर्ने छैन ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : २१ बजे