काठमाडौं । आज साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज( नेप्से ) दोहोरो अंकले बढेको छ ।
काठमाडौं । नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ बिन्दुमा पुगेको छ ।आज चार समूह र १३ वटै उपसमूहमा हरियाली लागेको छ । यसदिन तीन कम्पनीको शेयरमा सर्किट लागेको छ भने अन्य थप ६ कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन बुधबार ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँ बराबरको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर कारोबार भएको छ ।
आज गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त र सुपर म्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने ९ प्रतिशतभन्दा बढीले शेयर बढ्ने कम्पनीमा बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावर, पिपल्स पावर र मैलुङ खोला जलविद्युत आयोजना रहेका छन् ।
प्रतिक्रिया