Logo

मुख्य समाचार

काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न


२५ कार्तिक २०८१, आइतबार  

69
Shares

काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न भएको  छ ।  आइतबार काठमाडौं स्थित होटल हायतमा वैश्विक महाधिवेशन सम्पन्न भएको  हो ।

कार्यक्रममा नेपाल, भारत म्यान्मार, भुटान, बाङ्गलादेश  देशका प्रतिनिधिहरू सहभागी भएका थिए । जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिएको थियो ।

काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस आयोजनाको उद्देश्य स्पष्ट पार्दै मुख्य लक्ष्य ३० देशहरूलाई एउटै मञ्चमा ल्याउनु भएको बताए ।

सम्मेलनले विश्व स्वास्थ्य संगठनद्वारा चयनित ती देशहरूमा केन्द्रित हुने तथा , जहाँ लागुऔषध एउटा ठूलो समस्या बनिसकेको उनको भनाई छ ।

उनले भने, ‘यो सम्मेलन लागुऔषधमुक्त विश्वको दिशामा एक ठोस कदम हुनेछ, र यस पहललाई फ्रान्स, इङ्ग्ल्याण्ड, जापान, कोरिया, र अमेरिकाजस्ता ठूला देशहरूमा पनि गुञ्जायमान गराउने अवसर मिल्ने छ ।’

डि ३० को मार्फत काशियाना फाउन्डेसनले विश्वलाई लागुऔषधमुक्त बनाउन ठोस प्रयास गरिरहेको बताए । साथै यो पहल ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु नशा मुक्तः’ भन्ने संकल्पलाई साकार पार्ने दिशामा एक महत्वपूर्ण कदम भएको जनाएको छ ।

साथै नेपालमा धेरै विशेष महत्व भएकाले यो महाधिवेशन नेपालमा आयोजना भएको बताए । जसमा नेपाल महात्मा बुद्धको जन्मस्थल हुनुका साथै भगवान बुद्धका शिक्षाहरूमा पंचशील सिद्धान्तहरू उल्लेख गरिएको छ, जसमा लागुऔषध मुक्ति पनि समावेश रहेको छ । यही कारण नेपाललाई यस कार्यक्रमको आयोजन स्थलका रूपमा चयन गरिएको फाउन्डेसनका संस्थापक सुमितले बताए ।

यो कार्यक्रमको पहिलो चरण दिल्लीमा आयोजना भएको थियो । डि ३० को पहिलो चरण २०२३ मा दिल्लीस्थित होटल ललितमा सम्पन्न भएको थियो, जसमा ३० देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ४२ बजे