Logo

अर्थ

बढ्यो डलरको भाउ, यस्तो अन्य देशको मुद्राको विनिमय दर


२४ कार्तिक २०८१, शनिबार  

115
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलर र युरोको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
त्यस्तै, युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ११ बजे