Logo

मुख्य समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित


२३ कार्तिक २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् ।

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो ।

न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका दुई न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । शुक्रबार नै उनीहरूको सुनुवाइ गरिएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : २२ बजे