काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज १.८८अंक घटेर बन्द भएको छ । तिहारपछि खुलेको बजार मंगलबार पनि घटेर बन्द भएको थियो । बजार दुई हजार छ सय ७५ दशमबल ५१ अंकमा पुगेर रोकिएको छ ।
छ कम्पनीको शेयर यथावत रहेको छ । तीन वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज १२१ कम्पनीको शेयरमूल्य बढेकोमा ११७ कम्पनीको शेयरमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार आज नारायणी डेभलप्मेन्ट बैंक, बलेफी हाइड्रो पावर, पिपुल्स हाइड्रोपावर पोजेटिभ सर्किट लागेको हो । आज ५ अर्ब २२ करोड २४ लाख बराबरको शयेर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया