Logo

मुख्य समाचार

अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु


१२ कार्तिक २०८१, सोमबार  

92
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउँदा कार्यक्षेत्र र कार्यबोझ थपिने धारणा राखेका छन् ।

सोमबार राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा उनले  संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको बढेको भन्दै यस्तो बेला झन निजी क्षेत्रमा पनि प्रवेश गराउन नहुने बताए ।

उनले भने,‘संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको छ । यतिबेला नै यो महासन्धीलाई देखाएर त्यसकारण निजी क्षेत्रमा पनि प्रवेश ग¥यौं भने कति असर पर्छ ? प्रवेश गर्दा कहाँ किन आवश्यक प¥यो बाध्यकारी स्पष्ट गरौं । नियमन गर्ने निकाय र व्यवस्था छ तर निजी क्षेत्रमा प्रवेश गर्दा आतकिंत छ, त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’

त्यस्तै रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले आफूहरूले विरोध प्रदर्शन गरेर न्यायपालिकाको काम, कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पारिन् ।

देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक रहेको उनको भनाई छ ।

उनले भनिन्,‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन । देशको चौथो ठूलो पार्टी जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ०८ बजे