Logo

विश्व

जोसे मोरिन्होद्वारा इंग्ल्याण्ड फर्कने संकेत


१० कार्तिक २०८१, शनिबार  

0
Shares

एजेन्सी । जोसे मोरिन्होले फेनरबाचेसँग आफ्नो कार्यकाल पूरा भएपछि इंग्ल्यान्डको कुनै संघर्षरत क्लबमा प्रशिक्षक बन्ने तयारी रहेको संकेत गरेका छन् । युरोपा लिगको खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध रातो कार्ड पाएको घटनालाई उनले आलोचना गर्दै आफ्नो भावी योजनाबारे खुलासा गरेका हुन् ।

मोरिन्होले भने, ‘फेनरबाचे छाडेपछि मैले युईएफए प्रतियोगितामा सहभागी नहुने कुनै क्लब रोज्नुपर्छ। त्यसैले, दुई वर्षपछि इंग्ल्यान्डको तल्लो स्थानमा रहेका क्लबहरूलाई प्रशिक्षक चाहिएको भए म तयार छु ।’ मोरिन्होको यस अभिव्यक्तिलाई लिएर चर्चा सुरु भएको छ कि उनी इंग्ल्यान्ड फर्किएर संघर्षरत प्रिमियर लिग क्लबलाई सुदृढ बनाउन चाहन्छन् टेलिग्राफले मोरिन्होका लागि इंग्ल्यान्डमा सम्भावित विकल्पहरूको चर्चा गरेको छ, जहाँ उनी आफ्नो विशेष शैलीमा क्लबलाई नेतृत्व गर्न सक्छन् ।

वेस्ट ह्यामः
लण्डनस्थित वेस्ट ह्यामले लामो इतिहास र ठुलो फ्यानबेसका कारण मोरिन्होका लागि एक आकर्षक गन्तव्य हुन सक्छ । प्रशिक्षक जुलेन लोपेटेगी दबाबमा रहेका कारण मोरिन्हो त्यहाँको सम्भावित प्रशिक्षकको रूपमा देखा पर्न सक्छन् ।
एभरटनः
एभरटनले कार्लो एन्सेलोटीलाई नियुक्त गरी पहिले नै एक ‘ग्यालाक्टिको’ प्रशिक्षकसँग काम गरिसकेको छ । सम्भावित नयाँ मालिक फ्राइडकिङ समूह र नयाँ स्टेडियमको योजनाले एभरटनलाई पुनःनिर्माणको मौका दिनसक्छ ।

क्रिस्टल प्यालेसः
मोरिन्होले क्रिस्टल प्यालेसको फ्यानहरूलाई धेरै माया गरेको बताउँदै लण्डनमा बस्न रुचि व्यक्त गरेका छन् । ओलिभर ग्लास्नरको खराब प्रदर्शनले मोरिन्होका लागि अवसर खुल्न सक्छ ।

लेस्टर सिटीः
प्रिमियर लिग विजेता इतिहास बोकेको क्लब भए पनि, लेस्टर अहिले युवा र नयाँ प्रशिक्षकहरूलाई प्राथमिकता दिइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : ११ बजे