Logo

खेलकुद

लेस्टरमाथि नटिङघमको शानदार जीत


१० कार्तिक २०८१, शनिबार  

69
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्ट विजयी भएको छ । शनिबार विहान प्रिमियर लिगको इष्ट मिडल्यान्ड्स डर्बीमा नटिङ्घम फरेस्ट लेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ ।

खेलमा लेस्टरले बल नियन्त्रणमा राखे पनि पाहुना टोली नटिङ्घमले कप्तान रयान याट्सको २० यार्डको गोलमार्फत १६ औं मिनेटमा अग्रता लियो ।

तर, २३ औं मिनेटमा जेमी वार्डीले ह्यारी विङ्कसको उत्कृष्ट पासमा गोल गर्दै लेस्टरलाई बराबरीमा फर्काएका थिए ।
पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेले पनि नटिङ्घम फरेस्टका विङ्गरहरू क्यालम हड्सन–ओडोइ र एन्टोनी एलांगाले दोस्रो हाफमा आक्रमण बढाउँदै लेस्टरमाथि दबाब कायम गरेका थिए ।

दोस्रो हाफको सुरुमै अर्थात् ४७ औं मिनेटमा चिस वुडले उत्कृष्ट बल नियन्त्रण गर्दै गोल गरेपछि फरेस्टले २–१ को अग्रता लिएका थियो । ६० औं मिनेटमा लेस्टरका वाउट फेसको गल्तीको फाइदा उठाउँदै वुडले नै हेडर गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो र फरेस्टको तेस्रो गोल गरेका थिए ।

जितसँगै फरेस्ट पाँचौं स्थानमा उक्लिएको छ । जसले युरोपियन फुटबलमा पुग्ने सपना देख्न सक्ने स्थिति बनाएको छ । उता, लेस्टर १४औं स्थानमा झरेको छ । वुडको दुई गोलको महत्वपूर्ण भए पनि खेलमा क्यालम हड्सन–ओडोइको उत्कृष्ट खेल प्रदर्शनले लेस्टरको रक्षा पंक्तिलाई निकै दबाब दिएको थियो । सोही कारण पनि क्यालम खेलको म्यान अफ दी म्याच पनि भए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ३४ बजे