Logo

खेलकुद

डेलियन एटकिन्सनको मृत्यु र प्रहरीको जिम्मेवारीः न्यायको खोजीमा ब्रिटेन


९ कार्तिक २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । डेलियन एटकिन्सन एक प्रतिभाशाली प्रिमियर लिग फुटबलर थिए, तर २०१६ को गर्मीयाममा उनको जीवनले एक भयावह मोड लियो । एटकिन्सनको मानसिक स्वास्थ्य बिग्रिएको अवस्थामा, उनी आफ्नो बुबाको घरबाहिर आफूलाई ‘मसिहा’ भन्दै चिच्याइरहेका थिए। त्यहाँ पुगेका दुई प्रहरी अधिकारीहरूले उनलाई नियन्त्रणमा लिँदा, प्रहरी जवान बेन्जामिन मन्कले निर्दयी रूपमा एटकिन्सनलाई टसर गनले हाने र ढलेपछि टाउकोमा कडा प्रहार गरे ।

यस घटनाका कारण मन्कलाई २०२१ मा ‘मानवहत्या’ को आरोपमा दोषी ठहर गरियो । यो घटनाले बेलायतमा प्रहरीद्वारा गरिएका संकास्पद मृत्युहरूमा न्यायको मागलाई अझै बलियो बनाएको छ ।

एटकिन्सनको घटनामा प्रहरीको प्रतिक्रिया अस्वाभाविक रूपमा हिंसात्मक थियो । यस घटनामा मन्कले टसरको प्रयोग गर्दा तय गरिएको समयभन्दा धेरै लामो समयसम्म प्रयोग गरेको पाइएको थियो । यस्तै क्रममा मन्कले एटकिन्सनलाई ढलेपछि पनि टाउकोमा प्रहार गरिरहे, जसले उनको ज्यान गुमाउनुप¥यो । प्रहरी अधिकारी मन्कमाथि पहिले पनि चोरी र मादक पदार्थ सेवनको घटनामा संलग्न भएको आरोप थियो ।

यो घटना बेलायतका न्याय प्रणालीमा प्रहरी अधिकारीहरूले दुविधाजनक अवस्थामा निर्णय गर्ने तरिकालाई पुनः परीक्षण गर्न बाध्य बनाउँछ । खासगरी अफ्रिकी मुलका नागरिकहरूमाथिको प्रहरीको व्यवहार र हिंसात्मक घटनाहरूलाई लिएर अझै गम्भीर प्रश्न उठेको छ .।

हालै, अर्का प्रहरी अधिकारी मार्टिन ब्लेकलाई अनआर्म्ड अफ्रिकी मूलका युवक क्रिस काबाको हत्यामा अभियुक्त बनाइएको थियो, तर अदालतले उहाँलाई सफाइ दियो । काबाको परिवारले यो घटनालाई “प्रहरीले कानुनभन्दा माथि रहेको” प्रमाणको रूपमा व्याख्या गरेको छ । यसका साथै, यस प्रकारका घटनाहरूले बेलायतमा प्रहरीप्रतिको जनआक्रोश र असन्तोषलाई झन् बढाएको छ ।

यसैसँगै, बेलायतको गृह मन्त्री यवेट कुपरले यस्तो मुद्दामा दोषी ठहर नहुँदासम्म प्रहरी अधिकारीहरूको नाम गोप्य राख्नुपर्ने व्यवस्था गर्ने प्रस्तावलाई समर्थन गरेकी छिन् । तर, अन्य प्रस्तावित सुधारहरूमा कुपरले गम्भीर पुनरावलोकनको माग गरेकी छिन्, जसमा प्रहरी अधिकारीहरूलाई नियन्त्रणमा लिन र मुद्धा चलाउने प्रक्रियालाई सजिलो बनाउने सन्दर्भमा केन्द्रित छ ।

सन् २०२२ मा बारोनेस लुइस कासीले गरेको एउटा समीक्षाले लन्डनको मेट्रोपोलिटन प्रहरी बलभित्र रहेको एउटा विशेष सशस्त्र टुकडीमा केही वरिष्ठ अधिकारीहरूले कानुन उल्लंघन गर्न ‘स्वीकृति’ दिएको उल्लेख गरेको थियो । यस्तो अवस्था देखाउँछ कि उच्च तहका प्रहरी अधिकारीहरूमा पनि केही अपवादजन्य अधिकारहरू दिने प्रवृत्ति छ ।

अर्कोतर्फ, बेलायतमा सुरक्षाका लागि सशस्त्र अधिकारीहरूको कमी हुँदा सेना समेत तयार राख्नुपर्ने अवस्था आएको थियो । ब्लेकको मुद्दामा सम्भावित प्रहरी आन्दोलनको खतरा बढेपछि लन्डनमा सेना तयार राख्नुपर्ने अवस्थामा पुगेको देखिएको छ ।

यसै क्रममा, कुपरले प्रहरीको जिम्मेवारीमा सुधार ल्याउन पुनरावलोकनको माग गरेकी छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : २८ बजे