Logo

मुख्य समाचार

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे १६ बुँदामा एकसय दिनका उपलब्धि (पूर्णपाठ)


८ कार्तिक २०८१, बिहिबार  

69
Shares

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन् ।

उनले एकसय दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन् ।

यस्तै जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुडकिलो शिर्षकलगायत उल्लेख छन् ।

साथै  उनले  कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए ।

एमडी, एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरुलाई प्रादेशिक अस्पतालहरुमा कामकाजमा लगाइएको तथा प्रदेश तथा स्थानीय तहहरुमा दरबन्दी भन्दा बढी भएका स्वास्थ्यकर्मीहरुको सम्बन्धमा समस्या समाधानको कार्य प्रारम्भ भएको समेत बताए ।

त्यसैगरी  हैजा, डेंगी, झाडापखाला लगायतका संक्रामक महामारी तथा जनस्वास्थ्य विपदहरुको पूर्वतयारी र प्रतिकार्यका लागि तीनै तहमा रहेका प्रतिकार्य टोलीहरु  ( भ्ःत् र च्च्त् लाई सक्रिय बनाइएको जानकारी  दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ४ : ३३ बजे