Logo

कर्पोरेट

प्रभु क्यापिटलले बोलायो साधारण सभा



काठमाडौं । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको छ ।

प्रभु क्यापिटल लिमिटेडले कात्तिक ३० गते १६औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले गत वर्षको मुनाफाबाट कम्पनीले ७ दशमलव ३६८४ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : २० बजे