Logo

कर्पोरेट

नेप्सेमा २७.३९ अंकको गिरावट


२२ आश्विन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । आज नेप्से २७.३९ अंकले घटेर दुई हजार २६६३.३२ विन्दुमा बन्द भएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको हो । 

यसदिन कारोबार रकम पनि घटेको छ । सोमबार ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूहको शेयर ओरालो लागेको छ ।

मंगलबार सर्वाधिक गुमाउने र कमाउने हाइड्रोपावरका लगानीकर्ता छन् । यसदिन सर्वाधिक मध्यसोलु हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने बुटवल पावर कम्पनी लिमिटेडको शेयर ६।८३ र मन्दु हाइड्रोपावरको शेयर ६।३१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ३८ बजे