Logo

मुख्य समाचार

माफी मागेपछि पत्रकारद्वय ढुंगाना र कँडेल कारागारमुक्त



काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् ।

समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन् ।

सर्वोच्च अदालतको नौं सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो । तर उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो ।

उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिएका थिए । सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १२ : ३२ बजे