Logo

खेलकुद

एस्टन भिल्लाको एतिहासिक जित


१७ आश्विन २०८१, बिहिबार  

0
Shares

काठमाडौं । एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० ले हराउँदै ऐतिहासिक जित हात पारेको छ । कोलम्बियन स्ट्राइकर जोन डुरानले खेलको अन्तिम ११ मिनेटमा म्यानुएल नुयरलाई चकित पार्दै गोल गरे, जसले ४१ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको भिल्लालाई दुई खेलमा लगातार जित दिलायो । बायर्नले भिल्ला पार्कमा अपराजित यात्रा कायम राख्दै उच्च फर्ममा प्रवेश गरेको थियो । तर प्रशिक्षक उनाई एमरीको खेल योजनाले बायर्नलाई निरुत्साहित बनायो ।

७९ औं मिनेटमा डुरानले म्यानुएल नोयरलाई उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । डुरानले पाउ टोरेसको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रणमा लिएर नुयरलाई अगाडि नै छलेर लामो दूरीबाट गोल गरे । प्रिन्स विलियम पनि ४०,००० भन्दा बढी समर्थकहरूसँगै भिल्ला पार्कमा थिए, जसले भिल्लालाई प्रेरित गरे । पाँच वर्षअघि दोस्रो श्रेणीमा संघर्ष गरिरहेको एस्टन भिल्ला एमरीको नेतृत्वमा छोटो समयमा चमत्कारी रूपमा सुधारिएको छ ।

युवटोन ब्वाइजविरुद्धको ३–० को सहज जितपछि, ६ पटकको युरोपियन च्याम्पियन बायर्न म्युनिखको आगमन भिल्लाका समर्थकहरूको लागि विशेष क्षण बन्यो । बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले चोटको बाबजुद मैदानमा उत्रिएका थिए, तर एमरीको सुनियोजित रक्षात्मक रणनीतिले बायर्नलाई रोक्न सफल भयो । खेलको सुरुवाती समयमा बायर्नले बलको नियन्त्रण राखेको थियो, तर एस्टन भिल्लाको गोलरक्षक एमी मार्टिनेजले ह्यारी केनको हेडरलाई उत्कृष्ट बचाउ गरे ।

जोन डुरानको गोलपछि, खेलको अन्त्यसम्म बायर्न म्युनिखले बराबरीको लागि निकै प्रयास गरे । तर मार्टिनेजको शानदार बचाउले अन्त्यसम्म बायर्नलाई निराश बनायो । भिल्ला पार्क खेलअघि, खेलको क्रममा, र खेलपछि उत्साहले भरिएको थियो । मुख्य प्रशिक्षक उनाई एमरीले यस रातलाई क्लबका सबै सदस्यहरूका लागि अविस्मरणीय क्षणका रूपमा वर्णन गरे । एमरीले भने, ‘म हाम्रो समर्थकहरू, कोचहरू, मालिकहरू, र यहाँ काम गर्ने सबैका लागि धेरै खुशी छु । बायर्न म्युनिख जस्तो स्तरको टिमविरुद्ध खेल्नु र जित्नु एक महान उपलब्धि हो ।’

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ५४ बजे