Logo

खेलकुद

काठमाडौंसँग चितवनको पहिलो हार



काठमाडौं । एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो । काठमाडौंले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो ।

पहिलो सेटमा जित निकालेको चितवन पछिल्ला तिन सेटमा भने टिममा तालमेल मिल्न नसक्दा कमजोर देखियो ।
पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौंले बिचमा मोमेन्टम बिग्रान पुग्यो । जसको फाइदा चितवनले उठायो । पहिलोे सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो । काठमाडौंले पछ्याउँदै १९–२१ को अवस्था बनायो । पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो ।

दोस्रो सेटमा पनि काठमाडौंले ८–४ ले अग्रता बनायो । सुरुवाती अग्रतालाई निरन्तरता फराकिलो जित निकाल्दै २५–१० ले जित निकाल्यो । तेस्रो सेटको सुरुुवातमा चितवनले मोमेन्टम समात्न नसकेको जस्तो लिन सकेन । काठमाडौंले दोस्रो सेट जस्तै उत्कृष्ट लयसँगै तेस्रो सेट पनि जित्यो । काठमाडौंले २५–२२ मा सेट जित्यो ।

चौथो सेटमा पनि चितवनमाथि दबदबा बनाउँदै काठमाडौंले जित निकालेको हो । आज काठमाडौंको खेलमा निकै सुधार देखियो । चितवन भने पहिलो खेलमा गण्डकीसँग जस्तो खेल्न सकेन । जसको फलस्वरुप काठमाडौंले आजको खेल जितेको हो । चौथो सेटमा २५–१७ हराउँदै काठमाडौंले पहिलो जित हात पारेको छ । चितवनले आफ्नो तेस्रो खेल भोली (बुधबार) मधेश युनाइटेडसँग खेल्नेछ । चितवन भोलीको खेलमा आज भन्दा राम्रो प्रदर्शनसहित जितको खोजीमा मैदान उत्रिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : २९ बजे