Logo

मुख्य समाचार

प्रचण्डको नेतृत्वमा अहिलेसम्म कै सबैभन्दा राम्रो संविधान आएको छ : सन्तोष परियार



काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रचण्डको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आएको भन्दै फेरि एकपटक नेतृत्व गर्दिनका लागि आग्रह गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजित संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई फेरि दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउन नेतृत्व गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘म युद्धविरोधी मानिस हुँ तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो । फेरि एकपटक नेतृत्व गर्दिनुहोस् म अनुरोध गर्न चाहन्छु । तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् ।

उनले संविधान संशोधन गरेका देशहरु नै धेरै समय टिक्ने कारण संशोधनबाट डराउनु नपर्ने भन्दै बरु समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।

उनले सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : १६ बजे