Logo

अर्थ

छ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले घटर एक हजार नौ सय पाँच निर्धारण  भएको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ११ : ४७ बजे