Logo

राजनीति

विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित



काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि  दाहाल निर्वाचित भएकी हुन् ।

निर्वाचित भएपछि पत्रकाहरुसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वा गर्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो । प्रत्येक दुई दुई वर्षको अवधिमा समितिहरुको निर्वाचन हुने गर्दछ । म आफैं पनि विधायन समितिमा लामो समयदेखि काम गरिरहेकी छु । अहिले समितिमा तीनवटा विधेयकहरु छन् । ति विधेयकहरुमा हामी छलफल गर्छौं । अन्य विधेयकहरु सरकारले पठाएपछि नियमित रुपमा छलफल गर्छौं । म आफ्नो क्षमताले भ्याएअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वाह गर्छु ।’

समितिका कुल १५ मत रहेकोमा एमालेकी दाहालले ८ र नेकपा एकिकृत समाजवादीकी जयन्तीदेवि राइले ७ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : ४८ बजे