काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो ।
सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले भने, ‘जम्मा दुईवटा निर्णय गरेका छौं, जसमा निर्वाचन आयोगको सिफारिसमा स्थानिय तहको रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि लिएर वडा अध्यक्षसम्मको पद खाली भएको छ , त्यो खाली भएको ठाउँमा २०८१ साल मंसिर १६ गते आइतबारको दिन निर्वाचन गर्ने निर्णय गरेका छौं , संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र ३१ गते राति १२ बजे देखि अन्त्य गर्न सम्मानिय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका छौं । ’
साथै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने जनाएको छ । निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ ।
प्रतिक्रिया