Logo

मुख्य समाचार

वरिष्ठ महिला चिकित्सकहरूलाई राष्ट्रपतिबाट सम्मान


२८ भाद्र २०८१, शुक्रबार  

92
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् ।

शुक्रबार नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा.गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय छन् ।

वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा. सुनिता आचार्य, डा.सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ रहेका छन् । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरे ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : २५ बजे