Logo

विश्व

ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज


२८ भाद्र २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । जर्जियाका फुल्टन काउन्टीका न्यायाधीश स्कट म्याकफीले बिहीबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरू विरुद्धका दुई आपराधिक मुद्दा खारेज गरेका छन् । यी मुद्दाहरू २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप र नक्कली कागजात दायर गर्ने आरोपसँग सम्बन्धित थिए ।

न्यायाधीश म्याकफीले स्पष्ट गरे कि राज्य अभियोजकहरूको नक्कली कागजात दायर गर्ने आरोप लगाउने अधिकार छैन ।
यस सम्बन्धमा उठेका मुद्दा संघीय अदालतमा दायर गरिएको कागजातसँग जोडिएका थिए, जुन संघीय प्रक्रिया अन्तर्गत आएको थियो ।

फुल्टन काउन्टीका न्यायाधीशले यसअघिको निर्णयमा भने कि ट्रम्प विरुद्धको बाकी आठ मुद्दामा मुद्दा जारी रहनेछ ।
यी मुद्दामा ट्रम्प र उनका १४ सहयोगीहरूलाई दोषी ठहराउने प्रयास गरिएको छ । ट्रम्प र उनका सहयोगीहरूले यी आरोपहरूको बारम्बार खण्डन गरेका छन्, र उनीहरूले आफ्ना गतिविधिहरूलाई कानूनी दायरामा प्रस्तुत गरेका छन् ।

अभियोजकहरूको भनाइमा, यी आरोपहरू द्दण्द्दण् को चुनावमा जॉर्जियामा ट्रम्पको हारलाई उल्टाउने उद्देश्यले गरिएको षड्यन्त्रसँग सम्बन्धित छन् । अभियोजकहरूले दाबी गरेका छन् कि ट्रम्प र उनका सहयोगीहरूले चुनावी नतिजा परिवर्तन गर्नका लागि असंवैधानिक प्रयास गरेका थिए र जालसाजीका कागजात तयार पारेका थिए ।

अभियोजकहरूले थपेका छन् कि आरोपित व्यक्तिहरूको क्रियाकलापले चुनावी प्रक्रिया र लोकतन्त्रलाई गम्भीर चुनौती दिएको छ । ट्रम्प र उनका सहयोगीहरूले यस आरोपलाई राजनीतिक द्वेष र गैरकानूनी दखलको परिणाम मानिरहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ४६ बजे