Logo

मुख्य समाचार

स्पेन र श्रीलंकाका प्रस्तावित राजदूतका यस्ता छन् प्रतिवद्धता



काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाई गरेको हो  ।

सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुईदेशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै उनले नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने बताए ।

उनले भने,‘नेपाल र स्पेनबीच उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्नेछु । साथै नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास पनि गर्नेछु ।’

नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबचि नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशील बनाउन पहल गर्ने पनि उनको भनाइ छ ।

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने प्रतिवद्धता जनाए ।

उनले भने,‘ आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्नेछु । लुम्विनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गरिने छ ।

उनले  लुम्विनी, काठमाडौं र कोलम्वोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  २ : ४६ बजे