Logo

राजनीति

जनतालाई समान अवसर प्रदान गरेमात्र बीपीको सपना साकार हुन्छ : डा.संग्रौला



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा।डिला संग्रौलाले सबै जनतालाई समान अवसर प्रदान गरेमात्र बीपी कोइरालाको सपना साकार हुने बताएकी छन् ।

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले बीपीको सपना भनेको नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहका नागरिकलाई सहजै रुपमा शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने रहेको औंल्याइन ।

‘वीपीले एउटा सपना देख्नु भएको थियो । त्यो सपना नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहलाई शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने थियो । यही नै आजको प्रजातन्त्रको बाटो हो । तर पनि आज लाखौ युवाहरु बेरोजगार छन्, विदेशिनु परेको छ । उनीहरुलाई नेपालमा भित्राएर रोजगारी दिने अवसर सिर्जना गर्नु नै आजको समाजवादको पाटो हो,’ उनले भनिन् ।

महिला, आदिवासी जनजाति, अल्पसंख्यक वा सिमान्तकृत समूदायलाई समान अधिकार प्रदान गर्न सकेमात्र समाजवादको पालना हुने उनको धारणा थियो ।

उनले अगाडि भनिन्, ‘हिजोआज महिलाहरुले अझै पनि समाजवादमा मेरो सम्मान हुनुपर्छ भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । यस्तो हुनुहुँदैन । बीपीको सपना साकार पार्न हरेक जनताले समान अधिकार पाउनैपर्छ । यसका लागि हामी सबै लडनुपर्ने वा जुट्नुपर्ने अवस्था छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापालगायतले आजको सन्दर्भमा बीपी कोइरालाको विचारको समिक्षा गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : २६ बजे