Logo

मुख्य समाचार

४ लाख ५० पचास हजार रुपैयाँ  घुस रकमसहित तीन जना पक्राउ 



काठमाडौ । घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० पचास हजार रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा अध्यक्ष उपेन्द्र सहनी, वडाका सचिव उपेन्द्र साह र अर्को व्यक्ति विजय मण्डल रहेका छन् ।

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० पचास हजार रुपैयाँ घुस रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनिहरुलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएकाे हो ।

जनकपुर उपमहानगरपालिका वडा नं.२४, वसहिया स्थित वडा अध्यक्षको कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : ४० बजे