Logo

खेलकुद

फ्रान्सको पहिलो जित



काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो खेलमा फ्रान्स इटालीसँग स्तब्ध भएको थियो । बेल्जियमको भने यो पहिलो हार हो । बेल्जिमयले पहिलो खेलमा इजरायलाई पराजित गरेको थियो ।

सोमबार रातिको खेलमा फ्रान्सलाई जिताउनका लागि रान्डाला कोलो मुआनी र ओस्मान डेम्बेलेले एक एक गोल गरेका थिए ।

घरेलु मैदानमा फ्रान्सले २९ औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्सका लागि रान्डालले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । डेम्बेले ५७ औं मिनेटमा एनगोलो कान्टेको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि अन्ततः फ्रान्स २–० को जीत निकाल्न सफल भयो ।

फ्रान्सले पहिलो ३ अंक जोडेको हो । बेल्जिमय भने हारका बाबजुद पनि ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यो समूहमा इटाली ६ अंकका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स ३ अंकका साथ दोस्रो स्थानमा छ । खाता खोल्न नसकेको इजरायल भने पुच्छारमा रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ०२ बजे