Logo

अर्थ

बानेश्वरमा ‘तपाईंको बजार’ शोरुम, प्रदेश मन्त्रीले गरे उद्घाटन



काठमाडौं । अटोमोबाइल क्षेत्रको बजार प्रर्वद्धन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा ‘तपाईंको बजार’ शोरुम सञ्चालनमा ल्याइएको छ ।

आइतबार एसएमएस सर्भिस ग्रुप अन्र्तगत ‘तपाईंको बजार’ शोरुमको उद्घाटन  बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछानेले गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले शोरुमले अर्थ बजारको लागि राम्रो सुरुवात भएको बताएका छन् ।

उनले नेपालमा युवाहरु पलायन हुने अवस्थामा ‘तपाईंको बजार’ले सोरुम खोल्नु खुसीको कुरा भएको बताएका हुन् ।

उनले भने, ‘अर्थ बजारको लागी राम्रो सुरुवात हो । नेपालमा युवाहरु एक किसिमले पलायन हुने अवस्था छ । बाहिर जाने टे«न्डलाई चिर्ने हिसावले ‘तपाईंको बजार’ले आफैं केही गरौं गनुपर्छ भनेर आफ्नै देशमा स्वरुम खोलेर यातायातलाई नजिकबाट बुझ्ने अवसरको सिर्जना गर्नु राम्रो हो ।’

यस्तै एसएमएस सर्भिस ग्रुप अन्र्तगत ‘तपाईंको बजार’ का संस्थापक अध्यक्ष शुसिल संग्रौलाले मल्टी ब्रन्डका रुपमा जन्मिएको कम्पनी भएको बताए । उनले नेपालमा पाइने मेजर ब्रान्ड जति पनि छ त्यो सबै ब्रान्डको रोजाई कम्पनीले उपलब्ध गर्ने बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  २ : ०१ बजे