Logo

धर्म / संस्कृति

आजको राशिफल :



मेष ( चु चे चो ला लि लु ले लो अ )

तपाईंको तर्कको जित हुनेछ । तपाईंको प्रगतिको ढोका खुल्नेछ । आजको दिन अर्थपूर्ण होला । कार्यालयको कामले व्यस्त बनाउनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईँको आज काममा प्रगति हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ । धनप्राप्तिको प्रबल सम्भावना छ ।  

मिथुन  (का कि कु घ ङ छ के को ह )

आज साथीभाइसँग घुमफिरमा दिन बित्नेछ । तपाईँको पराक्रम बढ्नेछ । पाहुना भएर जाने अवसर मिल्नेछ । मिष्ठान्न भोजन गरिनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

अप्रत्यासित क्षति हुनेछ । भेटघाटको अवसर गुम्नेछ । लामो यात्राको सम्भावना बढी देखिन्छ । मानसिक तनाब हुनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ  ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

अचानक प्रिय खबर सुनेर मन आनन्दित हुनेछ । अत्याधिक लाभ हुने देखिन्छ । काम गरेको ठाउँमा जस पाइनेछ । कुटुम्बसँग भेटघाट हुनेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको कार्यको सिद्धिप्रप्तिको योग छ । आप्mनो पराक्रम देखाउने अवसार मिल्नेछ । आर्थिक प्रगति हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । स्थायी सम्पतिको जोहो हुनेछ । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्नेछ । अरुले कामको सम्मान भने गर्नेछन् । 

धनु ( ये यो भा भि भु ध फा ढा भे )

सन्तानको सहयोग पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । पढाइप्रति मन जानेछ । विद्यामा सफलता रहनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

स्वास्थमा समस्या देखिनेछ । नजिकको मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइले मन एकोहोरो हुनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । समाजमा पूजित भइनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन शत्रुहरुबाट जोगिनु पर्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । नयाँ सामानको खरिद भने गर्नुहुनेछ । स्वास्थ नराम्ररी बिग्रन सक्छ, सचेत रहनु पर्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : ३१ बजे