Logo

मुख्य समाचार

निजामती सेवा सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल



काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजामती प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौती खडा भएको उल्लेख गरे ।

बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामती सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको उल्लेख गरे । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भूमिका रहेको बताए ।

उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखी जनताको सेवामा लाग्न कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १ : ५४ बजे