Logo

मुख्य समाचार

टिकटक चल्ने बनाउन निर्देशन


२१ भाद्र २०८१, शुक्रबार  

230
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ।

सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निणर्य भएकाले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निणर्य भएको हुँदा अर्को निणर्य नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’ सूचनामा भनिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ३ : १६ बजे