Logo

अर्थ

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : ५६ बजे